बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त

नेपालभ्युज

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र  बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यबाहक प्रशिक्षकमा नियुक्त गरेको छ । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका प्रशिक्षकसमेत हुन् ।

उनलाई एन्फा कार्यसमिति बैठकले एक खेलका लागि उनलाई प्रशिक्षक नियुक्त कार्यसमिति बैठकमा सहभागी एक सदस्यले बताए ।

नेपालले दशरथ रंगशालामा असोज ११ गते मैत्रीपूर्ण खेल खेल्दै छ । बुधबार बसिरहेको एन्फा कार्यसमिति बैठकले असोज ११ गते खेल हुने जानकारी दिएको हो । मैत्रीपूर्ण खेल फिफा बिडोअन्तर्गत हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved