मरेका सुँगुरका अंग आंशिकरूपमा पुनर्जीवित भएपछि अनुसन्धानकर्ता आश्चर्यचकित, मानिसमा पनि सम्भव होला ?

मस्तिष्कको मृत्युलाई नै जीवनको अन्त्य मानिने भाष्यमै प्रश्न उठ्यो

अनुसन्धानकर्ताहरुले मृत्यु भएको एक घण्टापछि सुँगुृरको मुटु र मस्तिष्कजस्ता महत्त्वपूर्ण अंगमा रक्तसञ्चार र कोशीय गतिविधिलाई पुनर्स्थापित गरेका छन् । यो अध्ययनले यस कुरालाई जोड दिन्छ कि, मृत्यु भनेको कुनै क्षण हैन, बरु प्रक्रिया हो । अतः कुनै क्षण कुनै व्यक्तिको मृत्युको घोषणा गर्ने कुरामा एकरूपता हुन सक्दैन र यो काम चुनौतिपूर्ण बन्न पुग्छ ।

मरेका सुँगुरका अंग आंशिकरूपमा पुनर्जीवित भएपछि अनुसन्धानकर्ता आश्चर्यचकित, मानिसमा पनि सम्भव होला ?

काठमाडौं । अनुसन्धानकर्ताहरूले मृत्यु भएको एक घण्टापछि सुँगुरको मुटु र मस्तिष्कजस्ता महत्त्वपूर्ण अंगमा रक्तसञ्चार र कोशीय गतिविधिलाई पुनर्स्थापित गरेका छन् । यो अनुसन्धानले हृदयघातबाट हुने मृत्यु (जुन रक्त तथा अक्सिजन सञ्चार बन्द हुनाले हुन्छ) अपरिवर्तनीय छ भन्ने विचारलाई चुनौती दिन्छ र मृत्युको परिभाषाबारेमा नैतिक प्रश्न खडा गर्दछ ।

यो अनुसन्धान तिनै वैज्ञानिकको कामको निरन्तरता हो, जसले सन् २०१९ मा जनावरहरू मरेको ४ घण्टापछि सुँगुरहरूको बिग्रिसकेको मस्तिष्कलाई पुनर्जीवित गरेका थिए । यसले मष्तिष्कको मृत्यु तत्क्षण हुन्छ भन्ने विचारमाथि प्रश्न उठाउँछ ।

उत्तरी क्यारोलिनाको डरहमस्थित ड्युक विश्विद्यालयकी न्युरोएथिसिस्ट नीता फरहानी भन्छिन्– यी पछिल्ला परीक्षण अश्चर्यजनक छन् । यद्यपि, यी प्रारम्भिक छन् । तर, उनी भन्छिन् ‘यसले त्यस्तो सुझाव दिन्छ– जसले मानव शरीरबारे सोचिँदै आएको सीमितता समयक्रममा जीवित हुन सक्दछ।’

अगष्ट ३ को नेचरमा प्रकाशित सोधअनुसार अनुसन्धाकर्ताले मरेका सुँगुरमा एक घण्टादेखि ‘अक्सिजन एक्स’ नामक प्रणाली जोडेका थिए, जसले जनावरको शरीरमा रगतको विकल्पलाई प्रतिस्थापित गर्दछ । यस सोलुसनभित्र जनावरको रगत र १३ स्पन्दनप्रतिरोधी योगिकहरू समावेश थिए, जसले शरीरको विघटनलाई सुस्त बनायो । मुटुको संकुचन, कलेजो र मृगौलामा हुने गतिविधि जस्ता केही अंगको कार्यलाई द्रुत गतिमा पुनर्स्थापित गर्‍यो ।

यद्यपि, ‘अक्सिजन एक्स’ ले मस्तिष्कका तन्तुहरूको अखण्डता जोगाउन मद्दत त गर्‍यो तर, अनुसन्धानकर्ताले मस्तिष्कको समन्वियत गतिविधि फेला पार्न भने सकेनन्, जसबाट जनावरहरूले कुनै सचेतना तथा भावना पुन:प्राप्त गरेको संकेत पाइयोस् ।

कार्यपत्रले मृत्युको परिभाषा र पोस्टमार्टमपछि अंगदानको नैतिकताबारे बहसलाई पुनर्जीवित गर्ने सम्भावना राख्दछ । लेखकहरू चेतावनी दिन्छन् कि यी नतिजाले विशेषगरी मस्तिष्कमा विद्युतीय गतिविधि अनुपस्थित हुँदा सुँगुरहरू मृत्युपछि पुनर्जीवित हुन सक्दैनन् ।

ज्वोनिमिर भर्सेलाज– केनेक्टिकट येल विश्वविद्यालयका न्युरोसाइन्टिट्स, जो यस समूहका सदस्य  पनि हुन् भन्छन्–‘हामीले कोशिकालाई तिनीहरूले गर्न नसक्ने काम गर्न सक्ने बनायौँ। हामी चिकित्सकीय रूपमा यो सान्दर्भिक छ भन्दैनौं, तर यो काम सही दिशातिर गइरहेको छ।’

सञ्चार पुन शुरु हुन्छः
येल न्युरोवैज्ञानिक तथा टोलीका सदस्य नेनाद सस्टान पूर्वानुमान गर्दछन् कि यी परिक्षणहरूले सन् २०१९ को संँगुरको मस्तिष्क अध्ययनको प्रकाशमा काम गर्नुपर्नेछ किनकि, मस्तिष्क अक्सिजन अभावका लागि सबैभन्दा संवेदनशील अंग हो । उनी भन्छन्–‘यदि, तपाईं मृत सुँगुरको मस्तिष्कमा केही कार्यहरू पुनर्प्राप्त गर्न सक्नुहुन्छ भने अन्य अंगमा पनि गर्न सक्नुहुन्छ।’

यो पत्ता लगाउन उनी र उनका सह–लेखकले ‘ब्रेन एक्स’ नामक सोलुसन र त्यसको अध्ययनका लागि प्रयोग भएको प्रविधि परिमार्जन गरे । भर्सेलाज भन्छन्– ‘‘ब्रेन एक्स एक विशेष अंगका लागि तयार गरिएको थियो, तर हामीले यसमा सबै अंगका लागि काम गर्न सक्ने साझा भाजकको खोजी गर्न पर्‍यो ।’ ‘ब्रेन एक्स’ सोलुसनमा रगत जम्ने र प्रतिरक्षा प्रणालीलाई दबाउन सक्ने यौगिक समावेश गरिएका थिए, जुन मस्तिष्कमा भन्दा बढी शरीरका अन्य भागमा सक्रिय हुन्छ ।

सेस्टानको टोलीले स्थानीय नश्ल सुधारकको फार्मबाट सुँगुरहरू लिएको थियो । तिनीहरूलाई बेहोस पार्नुअघि तीन दिनसम्म निगरानीमा राखिएको थियो । ती सुँगुरलाई भेन्टिलेटमा राखेर मुटुमा झड्का दिँदै ‘कार्डिक अरेस्ट’ गराइयो । नाडी मृत भएको पुष्टि भएपछि तिनलाई भेन्टिलेटरबाट बाहिर निकालियो । सुँगुरहरू मरेको एक घण्टापछि टोलीले भेन्टिलेटर र एनेस्थेसिया पुन सुरुवात गर्‍यो। केही सुँगुरलाई अक्सिजन एक्स प्रणालीमा जोडियो । अरुलाई कुनै उपचार गरिएन वा ‘इसिएमओ’ मेसिनमा जोडिए जुन अस्पतालहरूले शरीरमा अक्सिजन आपूर्ति गर्न वा कार्बनडाइअक्सिाइड हटाउन अन्तिम प्रयासस्वरूप प्रयोग गर्दछन्।

६ घण्टापछि अनुसन्धानकर्ताले देखे कि, सञ्चार उपचार नगरिएका वा ‘ईसीएमओ’ मेसिनमा जोडिएका भन्दा ती सुँगुरहरूमा बढी प्रभावकारी ढंगले पुनर्स्थापित भयो, जसलाई अक्सिजन एक्स प्रणालीमा राखिएको थियो । येल न्यूरोवैज्ञानिक डेबिड एन्डरजेभिक भन्छन–‘ यो प्रणालीमा राखिएका जनावरको शरीरका कोशिकाभरि अक्सिजन बग्न थाल्यो । मुटुमा केही विद्युतीय गतिविधि र हलचल देखियो । मुटु पूरै सञ्चालन भने भएन । ती जनावरमा वास्तवमा के भइरहेको हो भन्ने प्रष्टचाहिँ भएन ।’

अन्वेषणकर्ताले अन्य समूहका सुँगुरको भन्दा अक्सिजन एक्स प्रणालीमा भएका सुँगुरको कलेजोले अल्बुमिन भनिने प्रोटिन बढी उत्पादन गरेको सूचना पाए । ठीक त्यसैगरी, अक्सिन एक्स समूहका सुँगुरका जीवन्त अंगका कोशिकाले अन्य समूहका भन्दा बढी ग्लुकोज उत्पादन गर्‍यो ।

भर्सेजा भन्छन् कि मृत्युपछि कति छिटो विसर्जन सुरुवात हुन्छ भन्ने निष्कर्षहरू उल्लेखनीय हुन्। मुटु बन्द भएको केही मिनेटमा शरिर अक्सिजनबाट वञ्चित हुन्छ। इन्जाइमहरूले कोशिकाका झिल्लीहरू पचाउन थाल्दछन्, जसले गर्दा अंगहरूले द्रुत गतिमा आफ्नो संचरनात्मक अक्षुणता गुमाउन थाल्दछन्। यस परीक्षणबाट यो पनि पत्ता लाग्यो कि कोशीय प्रकार्य र सम्भारका लागि जिम्मेवार अधिकांशतः जिनहरू गैरउपचार र ‘ईसीएमओ’ समूहहरूको तुलनामा अक्सिन एक्स समूहका सबै अंगमा बढी सक्रिय थिए ।

अनिच्छित चालहरूः
अझ चाखलाग्दो कुरा के छ भने अक्सिन एक्स समूहका सुँगुरले मात्र ‘कन्ट्रास्ट डाई’ को एक सुई प्राप्त गरेपछि आफ्नो टाउको, घाँटी र धडलाई अनिच्छित रूपमा हल्लाउन थाले जसले वैज्ञानिकलाई त्यस स्थितिको जनावरहरूको मस्तिष्कको कल्पना गर्न सजिलो बनायो ।
अनुसन्धानकर्तासँग त्यस्ता क्षणहरूको कुनै राम्रो व्याख्या भने थिएन । त्यसबाट केवल यति कुरा सुचित हुन्थ्यो कि प्रायोजित विद्युतीय क्रियाकलापको अभावमै मस्तिष्कका नाडीहरू जागेका थिए । यो सम्भव छ कि, त्यस्ता चालहरू स्पाइनल कर्डमा उत्पन्न भए, जसले मस्तिष्कका केही स्वतन्त्र स्वचालहरूलाई नियन्त्रण गर्न सक्दछ ।

फरहानी भन्छिन्–‘यदि जनावरमा गरिएका कोशिय पुनर्स्थापनाका खोजहरू मानिसमा दोहोर्‍याउन सकियो भने मानव दीर्घायूका लागि तिनीहरूको प्रभाव सीपीआर र भेन्टिलेटरहरूको आगमनजत्तिकै गहिरो हुन्छ।’ त्यो किनभने यो प्रविधि कुनै दिन प्रत्यारोपण गर्नुपर्ने अंगहरू जोगाउन प्रयोग गर्न सकिन्छ, विशेषतः कम आपूर्ति हुने र पुनरुत्थान गर्नुपर्ने अंगहरू ।

साम सेमिई, म्याकगिल विश्वविद्यालय स्वास्थ्यकेन्द्र मोन्ट्रियल क्यानडाका एक फिजिसियन भन्छन्– ‘अहिले ‘इसीएमओ’ मृत व्यक्तिको कुनै अंग कसैलाई दान गर्दा जोगाउन प्रयोग गरिन्छ। अनि हृदयाघातको सामना गरेका मानिसको स्थिति पुनरुत्थान गर्न प्रयोग हुन्छ। यस उद्धेश्यका लागि चिकित्सकले ‘ईसीएमओ’ चलाउन हृदयघात वा मृत्युअघि नै शुरु गर्नुपर्ने हुन्छ । चोटको गम्भीरता गहिरो छ भने सफलता दर निक्कै कम हुन्छ।’

रोयल इन्फर्मरी इडेनवर्ग, युकेका प्रत्यारोपण सर्जन ग्राबिअल ओनिस्कु भन्छन्–‘ सुँगुरको अंगले इसिएमओको तुलनामा अक्सिजन एक्ससँग कसरी काम गर्‍यो भन्ने भिन्नतालाई ध्यान दिँदा अंग प्रत्यारोपण र प्रत्यारोपित गर्नुपर्ने अंगहरूको संख्या अभिबृद्धिमा यस अध्ययनले नयाँ सम्भावनाको सीमारेखा कोर्दछ ।’ सेमिई भन्छन्–‘ त्यसो हुनुअघि उपलब्ध अंगहरूको व्यवहारिकता मूल्यांकन गर्न थप अनुसन्धान महत्त्वपूर्ण हुनेछन्।’

नैतिक चुनौतिहरूः
फहरानी भन्छिन्–‘यदि, यो प्रविधिले मृत्युपछि मस्तिष्कको गतिविधिलाई पुनर्स्थापित गर्न सक्यो भने यसको प्रयोगसँग केही नैतिक चुनौति आउछन्। यस परीक्षणका क्रममा फेलापरेको मस्तिष्कका क्रियाकलापको पुनर्स्थापना र घाँटी हल्लाई भावी अनुसन्धानकर्ताका लागि निकै महत्त्वपूर्ण हुनेछ । ’

अनुसन्धाकर्ताको भनाइमा सुँगुरको मस्तिष्कमा विद्युतीय गतिविधिको अभाव कुनै आश्चर्य हैन । किनकि, पम्प गरिएको सोलुसन २८ डिग्री सेल्सियसमा थियो, सामान्यतः यो शरीरको तापक्रमभन्दा चिसो हो, यसमा एनेस्थेटिक यौगिक र न्युरोरल ब्लकरहरू समावेश छन, जसले त्यस्ता संकेतलाई दबाएको हुन सक्दछ ।

अर्थर काप्लान, न्युयोर्क विश्वसविद्यालयका एक वायोइथिसिस्ट भन्छन्–‘यो अध्ययनले अझ यो कुरालाई जोड दिन्छ कि मृत्यु भनेको कुनै क्षण हैन, बरु प्रक्रिया हो । अतः कुनै क्षण कुनै व्यक्तिको मृत्युको घोषणा गर्ने कुरामा एकरूपता हुन सक्दैन र यो काम चुनौतिपूर्ण बन्न पुग्दछ ।’ यसको मतलब हो कि मृत्युको कानुनी परिभाषालाई चिकित्साशास्त्रले निरन्तर अझ उन्नत बनाउँदै छ । काप्लान थप्छन्–‘मानिसले मस्तिष्क मृत्युमा ध्यान दिने गरेका छन्, हृदय मृत्यु कतिखेर भयो भन्ने बारेमा सहमति छैन । तसर्थ यो कार्यपत्र निकै महत्त्वका साथ घर भित्रिनेछ।’

नेचर, ६०८, सन् २०२२ बाट भावानुवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved