तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजोको तुलनामा घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । जुन, बुधबार छापावाल सुनको मूल्य ९७ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved