अनियन्त्रित माइक्रोबस पुलमा ठोक्किँदा १४ यात्रु घाइते

नेपालभ्युज

अनियन्त्रित माइक्रोबस पुलमा ठोक्किँदा १४ यात्रु घाइते
सांकेतिक तस्वीर।

तनहुँ । पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् ।

आज बिहान बा. ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्‍याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved