कसले च्यात्यो रवि लामिछानेको पार्टीको प्रचार सामग्री?

भेला शुक्रबार हेटौँडामा हुने भन्दै सडकको छेउमा टाँगिएका ब्यानरहरू गएराती च्यातिएको हो।

नेपालभ्युज

कसले च्यात्यो रवि लामिछानेको पार्टीको प्रचार सामग्री?

काठमाडौं। पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको छ। भेला शुक्रबार हेटौँडामा हुने भन्दै सडकको छेउमा टाँगिएका ब्यानरहरू गएराती च्यातिएको हो।

मकवानपुरको हेटौँडा बजारको सडक छेउको बारमा राखिएका केही ब्यानर च्यातिएको पार्टीले जनाएको छ। कसले च्यातेको भन्ने केही नखुलेको प्रहरीले जनाएको छ।

प्रदेश र जिल्ला जिल्लामा भेला गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार हेटौँडामा कार्यक्रम राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved