गएराती कहि ठाउँमा ठूलो वर्षा, आज पनि वाग्मती र कर्णालीमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

गएराती कहि ठाउँमा ठूलो वर्षा, आज पनि वाग्मती र कर्णालीमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं। बुधबार राती सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ  । बुधबार दिउँसो देखि साँझसम्म दोलखाको सिँगटी आसपासमा पनि भारी वर्षा भएको थियो ।

यस्तै, आज विहीबार वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved