चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात

नेपालभ्युज

चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात

काठमाडौं । भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। बुधबार उनलाई जिममा भएका बेला हृदयाघात भएको हो भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रेडमिलमा दौडिरहेका बेला बेहोस भएका उनलाई तत्कालै  अस्पताल लगिएको थियो ।  इमरजेन्सीमा भर्ना गराएर उनलाई दुई पटक सिपिआर दिइएको बताइएको छ ।

हाल उनी  चिकित्सकहरूको निगरानीमा रहेका छन् ।

उनी ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता कार्यक्रममा देखिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved