पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा
फाइल फोटो

गलकोट । गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो ।

आज बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिए । अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताए ।

अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो । खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिए ।

पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ । पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ । सडक पूर्णरूपमा ठप्प भएपछि ढोरपाटनदेखि बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved