काठमाडौंमा थप सात बालबालिकामा हैजा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका साइजना छन्। उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन्।

नेपालभ्युज

काठमाडौंमा थप सात बालबालिकामा हैजा

काठमाडौं। काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सातजना पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका साइजना छन्। उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन्।

मंगलबार थप तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। योसँगै यो वर्ष देशभर हैजा संक्रमितको संख्या ४५ पुगेको हो।

महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ। काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई, नागार्जुनमा तीन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक एकजनामा हैजा संक्रमण देखिएको छ।

यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ।

भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एकएक जनामा हैजा देखिएको छ। नुवाकोटको ककनी गाउँपालिकामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved