आज बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपालभ्युज

आज बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई सयले बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएकोमा सो बढेर आज बजारमा छापावाल सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved