काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल–२०२० का उपविजेता ‘अर्थर गन’ का नामले चिनिने दिवेश पोखरेल सांगीतिक प्रस्तुतिका लागि नेपाल आय नेपालमा प्रस्तुति दिने भएका छन् । उनलाई बियर ब्रान्ड टुबोर्गले सांगीतिक अभियानमा यही महिना नेपाल निम्त्याइएको घोषणा गरेको हो ।
अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् । अमेरिकन आइडल १८औं सिजनको एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढेको छ । अंग्रेजी गीत प्रस्तुतिमा उनले आइडल अडिसनबाटै आफ्नो फरक पहिचान बनाएका हुन् । उनले आठवटा गीतको आफ्नो पहिलो एल्बम ‘ग्रहण’ २०१८ मा ल्याएका थिए ।
त्यसयता २०१९ मा ‘खोज,’ ‘म’ र ‘कर्णाली’ लगायत गीतहरू ल्याएका छन् । अंग्रेजी गायनमा संसारभर युवामाझ परिचयको दायरा फराकिलो पारेका उनलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।
गोर्खा ब्रुअरीका बजार निर्देशक आशिष विष्ट भन्छन्, ‘टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । त्यसलाई निरन्तरता दिँदै आर्थर गनलाई बोलाउन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’
पोखरेलले ‘नेपाल आउन पाउँदा धेरै खुसी लागेको बताए, ‘म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनु हुने शुभचिन्तक माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’ उनले भने ।
Facebook Comment
Comment