भीषण वर्षासँगै आएको बाढी-पहिरोले नुवाकोट र रसुवामा धनजनको ठूलो क्षति

नेपालभ्युज

भीषण वर्षासँगै आएको बाढी-पहिरोले नुवाकोट र रसुवामा  धनजनको ठूलो क्षति
फाइल फोटो

काठमाडौं । मंगलबार राति वर्षासँगै आएको बाढी-पहिरोले नुवाकोट र रसुवामा  धनजनको ठूलो क्षति भएको छ । बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्‍याएको छ भने कतिपय किसानका धान खेतसमेत पहिरोले बगाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ । पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन् । नुवाकोट प्रहरीका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको छ ।

सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । देवीघाटको मन्दिर, खैरहनी पुल लगायतमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । यसैगरी, दुप्चेश्वरस्थित बुद्धभूमि हाइड्रोपावरको ड्याम भत्किएर फसेका दुईजना कर्मचारीहरूलाई आज बिहान प्रहरीले उद्धार गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved