चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री डा खड्का

नेपालभ्युज

चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री डा खड्का
फाइल तस्वीर

काठमाडौं ।  परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका  हुन् ।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन् । दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नेछन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved