चुनावमा सहकार्य गर्ने विषयमा भट्टराई र  देउवाबीच छलफल

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका पाँचदलको नेतृत्वकर्ता  कांग्रेस सभापति समेत रहेका देउवा र भट्टराई सिट बाँडफाँटबारे छलफलमा जुटेका छन्।

नेपालभ्युज

चुनावमा सहकार्य गर्ने विषयमा भट्टराई र  देउवाबीच छलफल

काठमाडौं। आउँदो चुनावको विषयमा सहकार्य गर्ने विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल जारी छ। संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका पाँचदलको नेतृत्वकर्ता  कांग्रेस सभापति समेत रहेका देउवा र भट्टराई सिट बाँडफाँटबारे छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन्। सत्तारुढ गठबन्धनमा नेपाल समाजवादी पार्टी समावेश भएमा ६ दल बन्ने छ। साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा आबद्ध गराउने सत्तारुढ गठबन्धनको प्रयास छ।

यसअघि सत्ता गठबन्धनको बैठकले पाँच दलका नेताहरू सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलको बैठक बस्नुअघि नेताहरूले पार्टीको रणनीति तयार गर्न आन्तरिक छलफल भने अघि बढाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved