जापानका नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेटवार्ता

नेपालभ्युज

जापानका नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेटवार्ता

काठमाडौं। जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायत नेताहरूसँग भेटवार्ता ‍गरेका छन् ।

मंगलबार एलडीपी हेडक्वार्टर टोकियोमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता गरेका हुन् । भेटमा पुर्व महासचिव, पूर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईसँग सहभागी थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरूबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved