सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ प्रतिशतले मात्रै पाए सेयर

नेपालभ्युज

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ प्रतिशतले मात्रै पाए सेयर

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । जसमा पाँच प्रतिशतले मात्रै सेयर हात पारेका छन् । कम्पनीले मंगलबार गोलाप्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११-११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक रहेको एनआईबीएल एस क्यापिटलले जनाए अनुसार बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरूको भने हात खाली भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा आह्वान गरेको थियो ।

कम्पनीको आईपीओका लागि कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved