उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बमले उडाइदिने’ धम्की

आरोपितलाई पक्राउ गर्न विभिन्न टोली परिचालन

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ। लखनउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएको हो।

नेपालभ्युज

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बमले उडाइदिने’ धम्की

काठमाडा‌ैं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ। लखनउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएको हो।

लखनउ प्रहरीको हेल्पलाइनमा धम्की आएको भारतीय समाचार माध्यमहरूले बताएका छन्।

डायल–११२ हेल्पलाइनको ह्वाट्सएप नम्बरमा शाहिद नामका व्यक्तिले अगस्ट २ मा उक्त सन्देश पठाएको प्रहरीले जनाएको छ।

हेडक्वार्टर स्टेसन कमान्डर सुभाष कुमारले त्यहाँ सुशान्त गल्फ सिटी पुलिस स्टेसनमा सोमबार एफआइआर दर्ता गराइसकेका छन्। आरोपितलाई पक्राउ गर्न विभिन्न टोली गठन गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved