नागरिकतामा दलितका नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्न सांसदको माग

‘‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ। नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्।’’

नेपालभ्युज

नागरिकतामा दलितका नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्न सांसदको माग

काठमाडौं। प्रतिनिधिसभा बैठकमा दलित समुदायका मानिसको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग उठेको छ। सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले कारबाही गर्न माग गरिन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ गर्नसमेत माग गरेकी छन्।

उनले भनिन्, ‘‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ। नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्।’’

सोमबारमात्रै गृह मन्त्रालयले नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द लेख्न भनेको छ। यदि लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन निर्देशन दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved