मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला

नेपालभ्युज

मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला
सांकेतिक तस्वीर।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।

चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना‍. ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएकाे छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved