कर्णालीका उद्योगमन्त्रीको पदावधि सकियो, यी हुन आंकाक्षी

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकिएको छ। २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि सकिएको हो।

नेपालभ्युज

कर्णालीका उद्योगमन्त्रीको पदावधि सकियो, यी हुन आंकाक्षी

सुर्खेत। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकिएको छ। २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि सकिएको हो।

प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीले लामालाई मन्त्रीमा सिफारिस गरेको थियो। नेकपा माओवादी केन्द्रले उद्योग मन्त्री अब कसलाई बनाउने भन्ने विषयमा सोमबार नै छलफल पनि गरेको थियो।

छलफलबाट निष्कर्ष भने निस्किएन। संसदीय दलले नाम सिफारिस गर्ने जिम्मा नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ।

कर्णालीमा माओवादीका ११ जना सांसदमध्ये मन्त्री बन्न बाँकी जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका बीरबहादुर शाही छन्।

उनीहरूले मन्त्री बन्नका लागि पार्टीमा लबिइङ गरिरहेको उनीहरूबाट नै एक जना मन्त्री हुने माओवादीका एक नेताले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved