आईएमई जनरल इन्स्योरेन्सको सीईओमा दोहोरिए युगेशभक्त बादे

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सीईओमा युगेशभक्त बादे पुन नियुक्त भएका छन्। सोमबार लागु हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन्।

नेपालभ्युज

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा दोहोरिए युगेशभक्त बादे

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सीईओमा युगेशभक्त बादे पुन नियुक्त भएका छन्। सोमबार लागु हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन्।

२७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत उनी बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाउँदै आएका छन्। श्रेष्ठको नेतृत्व गरेको झन्डै ७ वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ।

पुनर्नियुक्तको अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्तलाई दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई दिए।

कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved