निर्वाचनमा समानुपातिक प्रणालीबाट उम्मेदवार हुन पाउने व्यवस्था गरियोस् : सांसद पाण्डे

नेपालभ्युज

निर्वाचनमा समानुपातिक प्रणालीबाट उम्मेदवार हुन पाउने व्यवस्था गरियोस् : सांसद पाण्डे

काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्नेजस्तो हुन गएको भनी सच्याउनुपर्ने बताएकी छन् ।

मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा पनि पहिलो हुने निर्वाचनअन्तर्गत उम्मेदवारी दिँदा समानुपातिक प्रणालीअनुसार उम्मेदवार तय गर्नुपर्ने व्यवस्था गरियोस् ।’

साथसाथै, सांसद पाण्डेले ‘एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरौं’ भन्ने प्रस्तावसमेत राखेकी छन् । ‘निरन्तर आजीवन एउटै व्यक्ति उम्मेदवार हुने प्रवृतिको अन्त्य जरुरी छ’ उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved