आइसल्यान्डको रोचक ज्वालामुखी

नेपालभ्युज

आइसल्यान्डको रोचक ज्वालामुखी

काठमाडौं । आइसल्यान्डको राजधानी रेकजाविकमा अघिल्लो वर्ष फुटेको ज्वालामुखीबाट पुनः एकपटक लाभा निस्किरहेको छ । फागराडाल्सफाल माउन्टेनमा रहेको यो ज्वालामुखीले यतिबेला विश्वका विभिन्न स्थानका पर्यटकलाई आकर्षित गरिरहेको छ । यो लाभा हेर्नका लागि हजारौँको संख्यामा मानिसहरू आइरहेका छन् । यस्तै, अर्कोतर्फ वैज्ञानिकले यो विस्फोटले धर्तीभित्र अर्को नयाँ ढोका खोलिदिएको बताएका छन् । जुन धर्तीको मेन्टल (Mantle) सँग सिधा जोडिएको छ ।

ज्वालामुखी रेकजाविकको केफ्लाविक विमानस्थलबाट ३२ किलोमिटर मात्रै टाढा छ । हरेक विमानले उडान भर्नु अघि र अवतरणको समयमा मानिसहरूलाई यताबाट घुमाएर लगिरहेका छन् । सोसल मिडियामा फोटो–भिडियो भाइरल भइरहेका छन् । तस्बिर सुन्दर त छन् नै तर त्यत्तिकै भयावह पनि । पहिला ज्वालामुखी एउटै स्थानबाट निस्किरहेको थियो तर अब ढोका खोलिएपछि विभिन्न स्थानबाट लाभा निस्किरहेका छन् ।

ज्वालामुखीबाट निस्किरहेको लाभा र धुँवाको मुस्लोमा पनि फ्लाइट रद्द भएका छैनन् । विमानस्थल पनि खुला छ । यो ज्वालामुखी पाँच दिन अघि हल्का भूकम्पपछि बिस्फोट भएको थियो । त्यतिबेलादेखि लगातार लाभाको नदी बगिरहेको छ । बिस्फोट त्यसै स्थान वरिपरि भइरहेको छ जहाँ अघिल्लो वर्ष मार्चमा भएको थियो । अघिल्लो वर्ष पनि लगातार थुप्रै महिनासम्म लाभा बगिरहेको थियो ।

वास्तवमा आइसल्यान्ड उत्तरी एटलान्टिकको ज्वालामुखीय इलाकामाथि बसेको छ । यहाँ हरेक चार–पाँच वर्षको अन्तरमा यस्ता खालका ठूला विस्फोट भइरहन्छन् । सबैभन्दा खतरनाक विस्फोट सन् २०१० मा भएको थियो । यो विस्फोट Eyjafjallajokull volcano मा भएको थियो । धुँवा र धुलोको बादल वायुमण्डलसम्म पुगेको थियो । यसको कारण युरोप र उत्तरी अमेरिकामा उडान बन्द भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved