फोहर व्यवस्थापनमा प्रयोग हुने १७ वटा गाडी बञ्चरे डाँडामा तोडफोड

नेपालभ्युज

फोहर व्यवस्थापनमा प्रयोग हुने १७ वटा गाडी बञ्चरे डाँडामा तोडफोड

काठमाडौं। काठमाडौंको फोहर व्यवस्थापनमा प्रयोग हुने टिपरसहितका १७ वटा गाडीमा तोडफोड भएको छ ।  नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिकै पार्किङमा राखिएका गाडीमा तोडफोड भएको हो ।

धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सहित १७ वटा गाडी सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

भएको थाहा पाएपछि राती १२ बजे प्रहरी पुगेको र गाडि तोडफोडको घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । टिपर चालकहरूले सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै ‍नाराबाजी गरेका छन् ।

फोहर बोकेका गाडी तोडफोड भएपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा झनै चुनौती थपिएको छ । अहिले काठमाडौंका सडक,चोक र गल्ली-गल्लीमा फोहरको थुप्रो लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved