धौलागिरी लघुवित्तको आईपीओ खुला

नेपालभ्युज

धौलागिरी लघुवित्तको आईपीओ खुला

काठमाडौं। धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आईपीओ खुला गरेको छ ।

धौलागिरीले ३ लाख ९ हजार कित्ता आइपीओ बिक्री खुलाएको हो । आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ।  लघुवित्तले जारी पुँजी १०  करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी गर्न लागेको हो। जसमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

यस्तै,सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशत अर्थात् १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषको हिस्सा हो। बाँकी रहेको ३ लाख ९ हजार २ सय ९५ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओको लागि बिक्री प्रबन्धक सनराइज क्यापिटललाई तोकिएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved