उपत्यकाका तीन जिल्लामा रोपियो एक हजार गुर्जोका विरुवा

नेपालभ्युज

उपत्यकाका तीन जिल्लामा रोपियो एक हजार गुर्जोका विरुवा

काठमाडौं। धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ ।

प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई निरन्तरता दिँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले यस वर्ष वाग्मती किनारस्थित संयुक्त राष्ट्रसङ्घीय उद्यान (यूएन पार्क)मा दुई सय गुर्जोको बिरुवा रोपिएको जानकारी दिनुभयो ।

उद्यानसँगै मैतीदेवी मन्दिर क्षेत्रमा पनि करिब ५० वटा गुर्जो रोपिएको छ । ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा पनि गुर्जोको बिरुवा रोपिएको उहाँले सुनाउनुभयो ।

ललितपुरको कोञ्ज्योस्योम गाउँपालिकाको खामभञ्ज्याङस्थित तीनपाने सामुदायिक वन क्षेत्रमा गुर्जोका सात सय बिरुवा रोपिएको छ । यसैगरी काठमाडौँको मण्डिखाटार क्षेत्रमा पनि करिब ५० वटा गुर्जोका बिरुवा रोपिएको छ ।

क्षमता वृद्धि गर्न महत्वपूर्ण जडीबुटी मानिन्छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखका रूपमा काम गरिरहनुभएका राजलवटले बिहान, बेलुका र बिदाको दिनको समयलाई भने गुर्जो रोपण अभियानमा उपयोग गर्दै आउनुभएको छ ।

नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि राजलवटले निःशुल्करूपमा गुर्जोका बिरुवाका साथै यसबाट बनेका धुलो र चिया वितरण गर्दै आउनुभएको छ । कोरोना महामारी बढेसँगै गुर्जोबाट बनेका धुलो र चियाको माग पनि बढ्ने गरेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved