ट्रम्पको घरमा एफबीआईको छापा, राष्ट्रकै लागि कालो दिन भएको ट्रम्पको प्रतिक्रिया 

कर छलि र सम्पत्ति शुद्धिकरणको अनुसन्धानको लागि ट्रम्पको घरमा छापा मारिएको हुन सक्ने सञ्चारमाध्यमहरु सीबीएस न्यूज र बीबीसीले जनाएको छ ।

नेपालभ्युज

ट्रम्पको घरमा एफबीआईको छापा, राष्ट्रकै लागि कालो दिन भएको ट्रम्पको प्रतिक्रिया 

न्युयोर्क।अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले छापा मारेको बताएका छन्  ।

कर छलि र सम्पत्ति शुद्धिकरणको अनुसन्धानको लागि ट्रम्पको घरमा छापा मारिएको हुन सक्ने सञ्चारमाध्यमहरु सीबीएस न्यूज र बीबीसीले जनाएको छ ।

ट्रम्पले विज्ञप्ति जारी गरेर भनेका छन्, “पाम बीचमा रहेको मेरो घरमा कुनै कारणविना एफबीआई एजेन्टहरूको ठूलो समूहले कब्जा गरे।” ट्रम्प हाल गत वर्षको यूएस क्यापिटल दंगाको बारेमा कङ्ग्रेसको छानबिनमा रहेका छन् ।

सीएनएनका अनुसार सोमबार एफबीईले उनको फ्लोरिडाको घरमा छापा मार्दा उनि न्यूयोर्क शहरको ट्रम्प टावरमा थिए।गएको वर्ष राष्ट्रपति चुनावको बेला अमेरिकी संसद भवन क्यापिटल हिलमा हुलदंगा गर्न उस्काएको आरोपमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ ।

ट्रम्पले भने हुलदंगाको आरोपलाई खारेज गर्दै आएका छन् ।

“यो हाम्रो राष्ट्रको लागि कालो दिन हो, सबै सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य गरेको थिएँ त्यसैले मेरो घरमा अघोषित छापा मार्नु आवश्यक वा उपयुक्त थिएन।”  ट्रम्पले भनेका छन् ।

सन् २०२४ को राष्ट्रपति चुनावमा आफूलाई रोक्नको लागि षड्यन्त्र भईरहेको ट्रम्पको आरोप रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved