केहि ठाउँमा भारी वर्षा हुने, झरीको सम्भावना कम

न्युनचापीय रेखा दक्षिणतर्फ अर्थात भारततर्फ सरेकाले लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले जनाएका छन् ।

नेपालभ्युज

केहि ठाउँमा भारी वर्षा हुने, झरीको सम्भावना कम

काठमाडौं। देशका केहि ठाउँमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारको विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमतीका केही वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। दिउँसो पनि सबै प्रदेशको मौसम बदली भएर केहि ठाउँमा पानी पर्नेछ ।

देशैभर पानी पार्ने न्युनचापीय रेखा दक्षिणतर्फ अर्थात भारततर्फ सरेकाले लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved