तनहुँका ६ वटा पालिकामा आज सार्वजनिक विदा

विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ वटा  स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

नेपालभ्युज

तनहुँका ६ वटा पालिकामा आज सार्वजनिक विदा

काठमाडौं। विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ वटा  स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मंगलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved