नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ८१ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ ।

 सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयनपछि धेरै कमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेस्टमेन्ट डिबेन्चरलगायत रहेका छन् ।

मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै, गणपतिपछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावरलगायत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved