भारतका मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए । 

नेपालभ्युज

भारतका मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर  नियुक्त भएका छन् ।

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यसअघि पुबुदु दासानायकेले राजीनामा दिएपछि उक्त पद खाली थियो ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको मुख्य प्रशिक्षक रहेर काम गरिसकेका छन् । यस्तै उनले दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनलाई रणजी ट्रफी जितेका थिए ।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए । ‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउने काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved