इन्टरनेसनल टी-ट्वान्टी लिगमा सन्दीप मार्की खेलाडी

नेपालभ्युज

इन्टरनेसनल टी-ट्वान्टी लिगमा सन्दीप मार्की खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगमा अनुबन्ध भएका छन् । युएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि सन्दीप मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।

इमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २० खेलाडीलाई मार्कीको रूपमा अनुबन्ध गरिएको जनाएको छ । सन्दीप कुन टिमबाट खेल्ने भन्ने टुङ्गो लागेको छैन । प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved