मलेसियाद्धारा कामदारको आवेदन लिन अस्थायी रोक

नेपालभ्युज

मलेसियाद्धारा कामदारको आवेदन लिन अस्थायी रोक

काठमाडौं । मलेसियाले रोजगारदाता कम्पनीको आवेदन स्वीकृति गर्न अस्थायी रोक लगाएको छ ।

अगस्ट १५ देखि ३१ तारिखसम्म दुई सातका लागि रोजगारदाताको मागपत्र प्रमाणीकरणमा रोक लगाइएको मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ ।

तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदारलाई भने यो प्रतिवन्धले असर पर्नेछैन । मलेसियाले सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

मलेसियाको यो निर्णयले कामदारका रुपमा त्यहाँ जाने सुरसार गरिरहेका हजारौं नेपाली प्रभावित हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved