सोमबार नेप्से पुनः ओरालो

नेपालभ्युज

सोमबार नेप्से पुनः ओरालो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उताचढावका बीच बजार परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से १७.६७ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर २१०६.१६ अंकमा बन्द भएको छ ।

गत साता आइतबार र सोमबार बढेर मंगलबारदेखि शुक्रबारसम्म नै घटेको नेप्से यो आइतबार १० अंकले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ ।

गत साता सरकारले ४ मंसिरमा संघीय र प्रदेशसभाको चुनाव घोषणा गर्नुको साथै बजारलाई लिड गर्ने वाणिज्य बैंक तथा विकास बैंकहरूको सुधारोन्मुख वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

सोमबार उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक घटेको छ । अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३९ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ ।

नेप्सेमा गिरावट भए पनि करोबार रकम भने केही बढेको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७२ लाखको कारोबार हुँदा नबिल बैंकको १० करोड ८५ लाखको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८१ कम्पनीको सेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये गुँरास लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै युनिलिभर नेपालको सेयरमूल्य पनि ५.५९ प्रतिशतले बढेर १९००० पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved