स्थानीय तह निर्वाचनमा कर्णालीका १० जिल्ला : वडाअध्यक्षमा कसको मत कति ?

नेपालभ्युज

स्थानीय तह निर्वाचनमा कर्णालीका १० जिल्ला  : वडाअध्यक्षमा कसको मत कति ?

सुर्खेत । नजिकिँदै गरेको संघीय तथा प्रदेश तहको निर्वाचन आउँदै गर्दा निर्वाचनतर्फ सबैको चासो बढेको छ । दलहरूले गठबन्धन-उप-गठबन्धन बनाउने र त्यसबाट आफूले धेरै हिस्सा लिने प्रयास गरिरहेका छन् ।

कर्णाली प्रदेशका १२ वटा संघीय निर्वाचन र २४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १२ क्षेत्रमा दलहरूको स्थिति हेर्दा दलहरू एक्लाएक्लै चुनाव लडेका माओवादी केन्द्र, नेपाली कांग्रेस पाँच निर्वाचन क्षेत्र र नेकपा एमाले चार निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका थिए ।

माओवादी केन्द्रले कालिकोट, हुम्ला, रुकुम(पश्चिम) र डोल्पामा वडाअध्यक्षको मतमा अग्रता लिएको थियो । नेपाली कांग्रेस जुम्ला, दैलेख क्षेत्र नं. १ सल्यान, मुगु र सुर्खेत क्षेत्र नं. १ मा वडा अध्यक्षको मतमा अगाडि देखिएको छ । एमाले दैलेख क्षेत्र नं. २, सुर्खेत क्षेत्र नं. २ र मुगुमा अगाडि देखिएको छ ।

कालिकोटमा वडा अध्यक्षको मतमा माओवादी केन्द्र १८ हजार ३ सय ४७, कांग्रेस १२ हजार ८ सय २०, एमाले १२ हजार ६ सय १३, एस ३ हजार ५ सय ३ र राप्रपा ५ सय ८० मत पाएका थिए ।

जुम्लामा कांग्रेस १६ हजार ७५, माओवादी केन्द्र १४ हजार १ सय ७५, एमाले ६ हजार ९ सय ६२, एस ६ हजार १ सय ९५ र राप्रपा ५ सय १४ मत पाएका थिए ।

डोल्पामा माओवादी ४ हजार ८ सय ५५, एमाले ४ हजार ५ सय ४५, कांग्रेसले ३ हजार ६९, एस १ हजार ३ सय ३४ मत पाएका थिए ।
दैलेख क्षेत्र नं. १ मा कांग्रेस २० हजार ३ सय ४४, एमाले १९ हजार ६१, एस ५ हजार ५ सय २९, माओवादी ३ हजार १ सय ७५ र राप्रपा ९ सय ७६ मत पाएका थिए ।
दैलेख क्षेत्र नं. २ मा एमाले २१ हजार ७६, कांग्रेस १९ हजार ७ सय ८६, माओवादी ५ हजार ७ सय ५५, एस ८ सय ३० र राप्रपा ३ सय २१ मत पाएका थिए ।
मुगुमा कांग्रेस ८ हजार ९ सय ४९, एमाले ९ हजार ८ आठ ९४, माओवादी ३ हजार ८ सय ७६ र एस १ हजार ४ सय ८५ मत पाएका थिए ।
यस्तै, रुकुम पश्चिममा माओवादी ३७ हजार १ सय २, कांग्रेस २६ हजार ६ सय २०, एमाले ६ हजार १ सय २४, एस १ सय ३० र राप्रपाले १ सय ८ मत पाएका थिए ।

सल्यानमा कांग्रेस ३३ हजार ६ सय १६, माओवादी २६ हजार ७ सय १३, एमाले २६ हजार ६ सय २८, एस ९ हजार ४ सय ६७ र राप्रपाले २ हजार १ सय १७ मत पाएका थिए ।

यसैगरी, सुर्खेतमा क्षेत्र नं. १ मा कांग्रेस ३६ हजार ९ सय २८, एमाले ३४ हजार ८ सय ४३, माओवादी ५ हजार ७५, राप्रपा ६ सय ६४ र एस ६ सय ३४ मत पाएका थिए ।

सुर्खेत क्षेत्र नं. २ मा एमाले ३० हजार ४ सय ६९, कांग्रेस २९ हजार ५ सय ४०, माओवादी ११ हजार ६ सय ६१, राप्रपा ३ हजार ४ सय ९७ र एस २ हजार ६२ मत वडा अध्यक्षमा पाएका थिए ।

हुम्लामा माओवादी ६ हजार ४ सय ९३, एमाले ६ हजार १ सय ४७, कांग्रेस ४ हजार ७ सय ६४ र एस ८ सय ८८ मत पाएका थिए । त्यसैगरी, जाजरकोटमा एमाले २४ हजार ४, कांग्रेस २२ हजार ३ सय ४२, माओवादी १८ हजार ६ सय २२, एस २ हजार ३ सय ३४, राप्रपा १ सय ३४ र जसपा २४ मत पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved