डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुलबहादुरले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दोलखा तामाकोशीका कुलबहादुर घिसिङ तामाङले एक लाख रुपैयाँ नगद जितेका छन्। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।

नेपालभ्युज

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुलबहादुरले जिते एक लाख नगद

काठमाडौं। डिशहोममा १ वर्षको रिचार्ज गर्दा दोलखा तामाकोशीका कुलबहादुर घिसिङ तामाङले एक लाख रुपैयाँ नगद जितेका छन्। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्नुपर्नेछ। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।
यसै क्रममा तामाकोशी गाउँपालिका २ डाँडागाउँका कुलबहादुर घिसिङ तामाङले  एक लाख रुपैयाँ जितेका छन्।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुइँटेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्। विजेता कुलबहादुर घिसिङ तामाङलाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिशहोम डीटीएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीको छ।

लक्किड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved