मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

नेपालभ्युज

मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

काठमाडौं । ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ । गोली लागे लगत्तै उनको मृत्यु भएको छ ।

जियू–जित्सू एक ब्राजिलियन मार्सल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिसन होल्डमा आधारित छ ।

३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए । प्रारम्भिक जानकारीअनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै उनी फरार भएका छन् ।

आक्रमणलगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका छन् । लो जिउ जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी रहँदै आएका छन् । उनी आठपटक विश्व च्याम्पियनसिपका विजेता बनिसकेका छन् ।

प्रहरी रिपोर्टका अनुसार अफ ड्युटी प्रहरी अधिकारीहरूले एउटा सिसाको बोतल लिएर मानिसहरूलाई तर्साउन खोजिरहेका थिए । यसैबीच, लो उनी भएठाउँ पुगेको र उनले ती प्रहरी अधिकारीलाई त्यहाँबाट जान भनेका थिए ।

यसैबीच, प्रहरी अधिकारीले आफ्नो बन्दुक निकालेर लुको निधारमा प्रहार गरे । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved