राजस्थानको खाटु श्यामजी मन्दिरमा भागदौड, ३ जनाको ज्यान गयो, कयौं घाइते

नेपालभ्युज

राजस्थानको खाटु श्यामजी मन्दिरमा भागदौड, ३ जनाको ज्यान गयो, कयौं घाइते

राजस्थान। भारत राजस्थानको एक मन्दिरमा भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ । कयौं घाइते भएका छन्।

राजस्थानको खाटु श्यामजीको मन्दिरमा आज विहानै दर्शनार्थीबीच भागदौड मच्चिएको थियो । श्यामजी मन्दिरमा हरेक महिनाको एक दिन ठूलो मेला लाग्ने गर्दछ ।

सोमबार पनि मेला लाग्ने दिन विहानै भागदौड मच्चिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई जयपुर अस्पतालमा रिफर गरिएको छ । खाटु श्यामजीको मन्दिर राजस्थानकै महत्वपूर्ण तीर्थस्थल हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved