भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ महिला क्रिकेटको उपाधि

नेपालभ्युज

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ महिला क्रिकेटको उपाधि

लण्डन। भारतलाई हराउँदै कमनवेल्थ महिला क्रिकेटको स्वर्णपदक अष्ट्रेलियाले जितेको छ ।

बर्मिङ्घममा आइतबार राती भएको खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो । अष्ट्रेलियाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर ३ बलमा १ सय ५२ बनाउँदा अलआउट भयो ।

भारतका हरमप्रीत कौरले सर्वाधिक ६१ रन बनाइन । बलिङ्तर्फ अष्ट्रेलियाकी गार्डनरले ३ विकेट लिइन ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि बेथ मूनीले ६१ र मेग लनिङले ३६ रन बनाए । बलिङतर्फ भारतका रेनुका सिंह र स्नेहा रानाले २/२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved