यसपालिका तीज गीत- जुन उच्छृंखल, उही हिट

उत्तेजक, द्विअर्थी शब्द र उच्छृंखल भिडियोकै निरन्तरता

‘तीज गीत’को यो भड्किलो शृंखलामा चल्तिका गायकदेखि नव–प्रवेशीहरूको ठूलो झुन्ड छ । कोही ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ भन्दै उफ्रिरहेका छन्। कोही ‘कस्तो होला बिहेको राति’ भन्दै भन्दै स्वर घुमाइरहेका छन्। तर, यस्तै गीतले चर्चा कमाइरहेको छ।

नेपालभ्युज

यसपालिका तीज गीत- जुन उच्छृंखल, उही हिट

काठमाडौं। करिब महिनादिन बाँकी छ, तीज आउन । युट्युबलाई तीजको गीतले ‘राताम्य’ बनाइसकेको छ। यता, कलाकारहरूलाई पनि केही साता अघिदेखि नै तीजले छोइसकेको छ।

महिना दिनदेखि नै कलाकारहरूले तीजलक्षित गीत सार्वजनिक गर्न थालिसकेका थिए। अधिकांश तीज गीतको रेकर्डिङ करिब सकिएको छ। भिडियोको धमाधम सुटिङ भइरहेको छ।

कोहीले भने युट्युबमा भिडियो पोस्ट गरेर ट्रेन्डिङमा चढाइसकेका छन्। केही सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन्।

कतिपयले गीतमा तीजका मौलिक शब्द र संस्कृति धानेका छन् भने कतिपय गीतमा भद्दा ठट्यौलीको भरमार छ। उदेकलाग्दो चाहिँ के भने ती सबैलाई ‘तीज गीत’ नाम दिइएको छ।

एक करोड भ्युजनजिक ‘झमझम झम्काना’

यो तीजको लागि आएको गीतमध्ये सबैभन्दा चलेको गीत हो ‘झमझम झम्काना’। चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउने र गायिका सुनीता बुढा क्षत्रीको स्वरमा रहेको गीत बजारमा आएको महिना दिन हुनै लाग्यो।

बमबहादुर गाहामगरको र भागिरथ चलाउनेको संगीत रहेको गीत सार्वजनिक भएसँगै ट्रेन्डिङमा थियो। अहिलेसम्म सार्वजनिक भएको मध्ये धेरैले रुचाएको गीतको युट्युब भ्युज करिब ९५ लाख छ। गीतको शब्द र लय मौलिक रहेको यस गीतलाई धेरैले रुचाएका छन्।

हरेक वर्ष झैँ गायिका सम्झना भण्डारीले पनि यो पटक पनि तीज गीत ल्याएकी छिन्। पशुपति शर्मासँग गाएको ‘मै राम्री छैन’ बोलको गीत अहिले ४ नम्बर ट्रेडिङमा छ।

सुनीता बुढा क्षेत्री र अमृता नेपालीको ‘मै मोटी भएनि नाच्छु घुमेर’ बोलको गीत पनि युट्युबमा छ। गीतमा मोटी हाँस्य कलाकार भावना ‘लुरी’ को नृत्य छ।

भागीरथ चलाउनेको अर्को पनि गीत आएको छ। ‘धुलो उराइगो’ बोलको गीतमा भूमिका गीरीले उनलाई साथ दिइएकी छिन्। गीतमा अहिलेसम्म ११ लाख बढी भ्युज छ।

यस्तै, छमछम पातली कम्मर बोलको गीत पनि यसैपाली बजारमा आएको छ। रेखा शाहको गीतमा नीता ढुंगाको नृत्य देख्न सकिन्छ।

सर्जक खेम सेन्चुरीले पनि बजारमा तीज गीत ल्याइसकेका छन्। प्रतिमा गैरेसँग गाएको गीतको बोल ‘के गर्‍यो कर्मैले’ रहेको छ।

लोकगायिका शान्ति श्री परियारले पनि ‘बाबाको आँगन’ बोलको गीत ल्याएकी छिन्। दुई साताअघि सार्वजनिक गीतमा अन्जली अधिकारीलगायत कलाकारको नाच देख्न सकिन्छ।

जो उच्छृंखल, उही हिट

‘तीज गीत’को यो भड्किलो शृंखलामा चल्तिका गायकदेखि नव–प्रवेशीहरूको ठूलो झुन्ड छ । कोही ‘हामी पनि नाच्नुपर्छ बिच्च-बिच्चमा’ भन्दै उफ्रिरहेका छन्। कोही ‘कस्तो होला बिहेको राति’ भन्दै भन्दै स्वर घुमाइरहेका छन्। तर, यस्तै गीतले चर्चा कमाइरहेको छ।

यही भीडमा आफूलाई प्रफमर भन्न रुचाउने दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन्। उनले गत शुक्रबार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

तर, यो गीतको शब्दमा तीजको छनकै मिले पनि तीज गीत भन्न नमिल्ने कतिपयको तर्क छ। नृत्यमा तीजको फ्लेबर फेला पर्दैन। गीतहरूले तीजकै धज्जी उडाइरहेका संस्कृतिविद्को तर्क छ।

पेटिकोटको दृश्य विवादमा

रचनाकार शिव हमालले तीजको छेकोमा ल्याइएको ‘पापाकी परी’ गीत त अहिले विवादको शिखरमै छ। तीजको छेकोमा आएको सुशीला पाठकको स्वर रहेको ‘पापाकी परी’ को व्यापक आलोचनापछि तीज गीतकै लिस्टबाट हटाइयो। त्यति मात्र होइन पेटिकोटको दृश्य पनि हटाइएको छ। गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य हटाएर शनिबार पुनः युट्युबमा सार्वजनिक गरिएको छ।

यी गीतको भाकामा तीजको छनकै मिल्दैन। शब्दमा तीजको मर्म उनिएको पाइँदैन। बरु, उत्तेजक र द्विअर्थी शब्द थोपरिएको छ। उच्छृंखल भिडियो बनाइएको छ। लाग्छ, यी गीतहरूले तीजकै धज्जी उडाइरहेका छन्।

गीतको भिडियोमा मोडल ढकाल र अन्य महिलाहरूले रातो पेटीकोट लगाएर अभिनय गरेका थिए। यस्ता प्रकारका गीतले उच्छृङ्खलतालाई बढावा दिएको भन्दै दर्शकले आपत्ति जनाएका थिए।
https://www.youtube.com/watch?v=OboRa3l4gSk


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved