जापान पुगेर प्रचण्डले भने- देशको निम्ति मर्छु भन्दा पनि सुख पाईंन

नेपालभ्युज

जापान पुगेर प्रचण्डले भने- देशको निम्ति मर्छु भन्दा पनि सुख पाईंन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको निम्ति बलिदान गर्छु  भन्दा पनि सुख नपाएको बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष दाहालले  यस्तो बताएका हुन् ।

हिरोसिमामा बम हानेको ठाउँ हेरेको बताउँदै उनले भने, ‘हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’

नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेकोले त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन्,’ उनले भने ।

नेपालमा  असाध्यै नकारात्मक सोच्ने मानिस रहेको   गुनासो गरेका उनले जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दे  नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए ।

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । उनले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय  राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उनले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।  सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै उनले भने, ‘आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ ।’

 


Comment

2 thoughts on “जापान पुगेर प्रचण्डले भने- देशको निम्ति मर्छु भन्दा पनि सुख पाईंन

  1. मर मर पिलिच। कस्ले नमर भनेच। तिमि, ओलि, माकुने, शेरे, झल्ले, बाउरामे, उपिन्द्रे, कमलेहरु मर्ने भए त हामि पशुपतिको खर्च नि बेहोर्दिन्छम, तिमेरुको परिवारले जे मागे नि पुर्याइदिन्छ। पिलिच मरिदेउ।

  2. “”हिरोसिमामा बम हानेको ठाउँ हेरेको बताउँदै उनले भने, ‘हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’

    नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेकोले त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन्,’ उनले भने ।

    नेपालमा असाध्यै नकारात्मक सोच्ने मानिस रहेको गुनासो गरेका उनले जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दे नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए ।””
    प्रतिकृया — तपांईमा मर्ने नै ईच्छा छ भने यो दुनिंयामा कसैले रोकेर रोक्न सक्दैन ,आदरनिय नेताज्यू । अनि जापानी जनताको जस्तो उदार ब्यवहार खोज्न आफु पनि जापानी नेता जस्तै छलकपट , ढांटढुट , नगर्ने इमान्दार बनि जनताले पत्याउन लायक पनि त हुनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved