हुम्ला अदानचुली निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध उजुरी

हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर र सब–इन्जिनियरसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप–पत्र विशेष अदालतमा दायर भएको छ।

नेपालभ्युज

हुम्ला अदानचुली निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध उजुरी

सुर्खेत। हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर र सब–इन्जिनियरसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप–पत्र विशेष अदालतमा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले उनीहरुविरुद्ध विभिन्न योजनाहरू आफू अनुकूलका व्यक्तिहरूलाई पारी आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोप–पत्र दायर गरिएको हो।

आव२०७६÷०७७ का विभिन्न योजनाहरू आफू अनुकूलका व्यक्तिहरूलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हुम्ला अदानचुली वडा नं। १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले जनाएको छ।

गाउँपालिका निमित्त अधिकृत प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, असिष्टेण्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी विरुद्ध उजुरी दायर भएको छ।

गाउँपालिका निमित्त अधिकृत प्याकुरेल, इन्जिनियर शाही, असिष्टेण्ट सब–इन्जिनियर थापा र ठेकेदार भण्डारी मिलेर सडक निर्माण भएको भन्दा बढी रकम २१ लाख ४७ हजार चार सय ९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी दिएको भन्दै उजुरी दायर भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved