डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जनाविरुद्ध उजुरी

डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जनाविरुद्ध उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालभ्युज

डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जनाविरुद्ध उजुरी

सुर्खेत। डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित छ जनाविरुद्ध उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन अधिकृत डिजिजनल भरतबहादुर बुढथापा, सब–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।

छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँमा आव २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको गरेको आरोप लागेको छ।

कार्यालयका प्रमुख बुढथापा, सब–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही विरुद्ध छ लाख ३२ हजार छ सय ७७ रुपैयाँ ५० पैसाको हिमामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved