श्रीमती र सासुलाई आगो लगाएर हत्याको प्रयास, दुबैको अवस्था गम्भीर

महोत्तरीको भंगहा नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमती र सासुलाई जलाएर हत्याको प्रयास गरेका छन्।

श्रीमती र सासुलाई आगो लगाएर हत्याको प्रयास, दुबैको अवस्था गम्भीर
सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमती र सासुलाई मट्टितेल छर्केर आगो लगाई हत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार शनिवार राति भंगहा नगरपालिका ९ कंचनवन बस्ने ६५ बर्सिया रेसमा सदा र निजकी छोरी ३५ बर्सिया प्रमिला देवी सदालाई प्रमीलाको श्रीमान् महोत्तरीको रामगोपालपुर नगरपालिका ८ बस्ने ३८ वर्षीय शङ्कर सदाले आगो लगाएको हो ।

शंकरले श्रीमती र सासू सुतिरहेको बेला मध्यराति जिउमा मट्टितेल खन्याएर लगाइ भागेका थिए । दुबैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरेको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । आगो लगाउने शंकर फरार छन् । उनी वैदेशिक रोजगारबाट फर्केपछि एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved