सांसदले भने- दलितका अपमानित नाम सच्याउने व्यवस्था गरियोस्

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद दुर्गाकुमारी विश्वकर्माले तत्काल गृह मन्त्रालयलाई ती नाम सच्याउने व्यवस्था गर्न माग गरिन्।

नेपालभ्युज

सांसदले भने- दलितका अपमानित नाम सच्याउने व्यवस्था गरियोस्

काठमाडौँ। दलित समुदायका व्यक्तिका नागरिकताको नाम अपमानित रूपमा राखिएको भन्दै सच्चाउन सांसदहरुले माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद दुर्गाकुमारी विश्वकर्माले तत्काल गृह मन्त्रालयलाई ती नाम सच्याउने व्यवस्था गर्न माग गरिन्।

त्यसरी नागरिकता वितरण गर्ने कर्मचारीमाथि पनि उनले प्रश्न उठाइन्। ‘‘दलित समुदायका व्यक्तिको नाम नागरिकता, मतदाता नामावलीमा, राष्ट्रिय परिचयपत्रमा हेर्दा, उहाँहरूको नाम कसरी लेखियो? यो गम्भीर विषय छ र यसमा सरकारले ध्यानाकर्षण गर्नुपर्छ,’’ उनले भनिन्।

दलितका नागरिकतामा फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामीलगायत राखिएको सार्वजनिक भएको थियो। त्यसको विरोध भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved