सुन-चाँदीको मूल्यमा गिरावट

नेपालभ्युज

सुन-चाँदीको मूल्यमा गिरावट

काठमाडौं । आइतबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ छ । जुन, गत शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved