प्रचण्ड पुगे हिरोसिमा संग्रहालय, आणविक बम खसेको ठाउँ अवलोकन

नेपालभ्युज

प्रचण्ड पुगे हिरोसिमा संग्रहालय, आणविक बम खसेको ठाउँ अवलोकन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जापानको हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् ।

पाँच दिने भ्रमणको लागि जापान पुगेका प्रचण्डले आणविक बम खसालिएको ठाउँमा बनाइएको संग्रहालयको अवलोकन गरेका हुन् । प्रचण्डले हिजो फेस्टिभलको उद्घाटन गरेका थिए ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्दा झण्डै २ लाख १० हजार जनाको ज्यान गएको अनुमान छ ।

बम खसालेको ठाउँमा वर्षौँसम्म झारपात समेत उम्रिएका थिएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved