कोसीको बहाव घट्ने क्रममा, ३२ ढोका खुला

कोसीमा बढेका बहाव घटने क्रममा छ। अहिले ब्यारेजका ३२ वटा ढोका खोलिएको छ। गएराति राति ८ बजेपछि बहाव घट्न शुरु भएको हो।

नेपालभ्युज

कोसीको बहाव घट्ने क्रममा, ३२ ढोका खुला

काठमाडौं। कोसीमा बढेका बहाव घटने क्रममा छ। अहिले ब्यारेजका ३२ वटा ढोका खोलिएको छ। गएराति राति ८ बजेपछि बहाव घट्न शुरु भएको हो।
शनिबार राति ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २४ हजार ७ सय ३५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

शनिबार दिउँसोबाट बहाव बढ्दै साँझ ६ बजे २ लाख ३१ हजार ९ सय २० क्युसेक मापन गरिएको थियो। अहिले बहाव घटिरहेको भए पनि पहाडी जिल्लामा अत्यधिक वर्षा भएकाले बहाव बढ्न सक्ने अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved