काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । ‘श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु’, उनले भने ।
उनले मन्त्री पद अस्थायी पद भएकाले आफू मन्त्री हुँदा उत्साहपूर्वक ढङ्गले काम गर्ने उल्लेख गरे । मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन जरुरी रहेको बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment