मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न नेपाललाई बंगलादेशकी प्रधानमन्त्री हसिनाको आग्रह

नेपालभ्युज

मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न नेपाललाई बंगलादेशकी प्रधानमन्त्री हसिनाको आग्रह

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई सैयदपुर विमानस्थलसँगै मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न पुनः प्रस्ताव गरेकी छन् ।

नेपालको संसदीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास गणभवनमा शिष्टाचार भेट गरेकी उनले भनिन, ‘हाम्रो मोङ्ला र चितगाउँ बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष पवित्रा निरौला खरेलले गरेकी थिइन ।

बंगलादेशको सैयदपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले यसलाई पनि  नेपाललगायत छिमेकी मुलुकले प्रयोग गर्न सक्ने बताइन ।

भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी हितका लागि व्यापार तथा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन इच्छुक रहेको बताए ।

सन् १९७१ को मुक्ति संग्राममा बंगलादेशलाई सहयोग गरेकोमा नेपाली नेतृत्व र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गर्दै शेख हसिनाले आफ्नो सरकारले नेपाललगायत छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धलाई उच्च महत्व दिएको बताइन् ।

प्रतिनिधिमण्डलले धानमण्डीस्थित बंगबन्धु स्मृति संग्रहालय र बंगलादेशको संसदको भ्रमण गरेको र बहुचर्चित पद्म पुल हुँदै टुङ्गीपारा गएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरिन ।

प्रतिनिधिमण्डलका सदस्यहरूले ऊर्जा, जलविद्युत, पर्यटन, शिक्षा, आईसीटी, कनेक्टिभिटी, जनस्तरको सम्पर्क जस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप सुदृढ गर्न सुझाव दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved